एमाले नेता रावलले दिए सांसद पदबाट राजिनामा, दुषित खेलबाट अलग भएकाे घोषणा

-



     सफल आवाज    
     श्रावण ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ साउन । नेकपा एमालेका नेता डा.भीम रावलले सांसद पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा विश्वासको मत लिने दिनमै रावलले पदबाट राजिनामा दिएका हुन । पछिल्ला राजनीतिक घटनाक्रमहरुमा रावल नेपाल समूहमा रहँदै आएका थिए ।

सभामुखलाई संवोधन गर्दै लेखिएकाे पत्रमा नेता रावलले अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा अलग हुनु श्रेयष्कर भएको बताएका छन् । उनले भनेका छन्, दुषित खेलबाट आफुलाई अलग गर्दै प्रतिनिधि सभा सदस्यबाट राजिनामा दिएको छु ।