
सफल आवाज डटकम गौरवमय पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गर्दा यसरी सम्पादकीय कलम चलाउन पाउनुभन्दा बढी खुसी केले दिन सक्ला र ? अनलाइन न्यूज पोर्टलको बाढी आइरहेको बेला हामी पनि त्यही बाढीमा मिसिँदा वर्षभरको हाम्रो यात्रा कस्तो होला ? भन्ने विषयले सुरुका दिनमा हामीलाई निकै असहज बनायो । समाचार शीर्षक तोडमोड गरेर पाठकको क्लीक संकलन गर्न मरिमेट्ने कैयन अनलाइन पत्रिकाबीच प्रतिस्पर्धा गरेर हामीले आफूलाई निष्पक्ष, तथ्यपरक र हरेक समाचारको केन्द्रबिन्दुमा पुगेर हाम्रा पाठक वर्गलाई समाचार सुनिश्चित गरि सु–सूचित गर्ने कार्यमा हामी लागि रह्यौँ ।
आफलाई बढी लोकप्रिय गर्ने नाममा भन्दा हामी पत्रकारिताको मूलमन्त्र निष्पक्षतालाई सधैँ अंगिकार गरिरह्यौँ । यो वर्षभरि हामीले समाचार शीर्षकलाई सन्देहपूर्ण हुने गरि कहिल्यै सृजना गरेनौं । सन्देहबाट लोकप्रियताभन्दा निष्पक्ष र समाचारलाई सदैव सिधाकोणबाट प्रस्तुत गर्ने सिद्धान्त बोकेको कार्यशैली अँगाल्यौँ । डिजिटल अनुशासनभित्र रहेर हरपल हाम्रा प्रिय पाठक वर्गलाई निष्पक्ष र तथ्यपरक समाचार प्रस्तुत गरी नै रहयौँ । हाम्रो यही अनुशासित शैलीले आज हामी एक विश्वासनीय अनलाइन मिडियाको रुपमा हाम्रा पाठकमाझ परिचित भएका छौं ।
अहिलेको समयमा डिजिटल संसार नियन्त्रणभन्दा बाहिर गएजस्तो अनुभूति हुन्छ । पाठकवर्गमा पुस (push) नोटिफिकेसनमार्फत दिनहुँ विभिन्न समाचारको भिड लाग्दछ । हाम्रो समाजको बढ्दो डिजिटल साक्षरताको कारण हाम्रा पाठकले केही हदसम्म त्यस्ता push नोटिफिकेसन बेवास्ता गरी आधिकारीक एवं सत्यपरक समाचार ग्रहण गरिरहनु भएको छ । यसमा पाठकले हाम्रो समाचार पोर्टल सफल आवाज डट कमलाई दर्शाउनु भएकोे विश्वासप्रति हामी कृतज्ञ छौँ ।
काठमाडौ बालुवाटारस्थित केन्द्रीय कार्यालयबाट सम्प्रेषित हाम्रो अनलाइन समाचार पोर्टलमा हाम्रो समाचार कक्ष नेपाली समाजको संवेदनशीलतालाई वर्षभरि नै आफ्नो प्राथामिकतामा राखी अगाडि बढिरह्यो । समाजमा घट्ने, घटाइने नकारात्मक सन्देश हाम्रो समाचार कक्षमा बिरलै प्रवेश गरे । यस्ता समाचार कहिल्यै हाम्रो प्राथमिकतामा परेनन् । समाजसँग प्रत्यक्ष सरोकार राख्ने, समाजको संवेदनशीलता नखलबलाउने सत्यपरक समाचार निष्पक्ष रुपमा पस्किँदै हाम्रो १ वर्षको यात्रा पूरा भएको छ । यसरी सफलतापूर्वक दोस्रो वर्षमा प्रवेश गरेको यो दिनमा हामी हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता शुभेच्छुक, मिडियाकर्मी साथीहरुप्रति हार्दिक आभार र कृतज्ञ छौँ । हाम्रो दोस्रो वर्षको यात्रामा यहाँहरुको निरन्तर सहयोग र मायाको अपेक्षा गरेका छौँ ।
वर्षभरि सफल आवाज डट कममा हामीले समाचारलाई विभिन्न विषयगत क्षेत्रमा विभाजन गरि प्रकाशन र्गयौ । आर्थिक, शिक्षा, स्वास्थ्य, अन्तराष्ट्रिय, विचार कला शैली, सफल प्रोफाइल र तस्विर आफै बोल्छ हाम्रो समाचार क्षेत्र हुन् । जसअन्तर्गत सफल प्रोफाइल र आर्थिक पेज निकै मन पराइएका पढिएका तथा सोसल मिडियामा अत्यधिक सेयर भएको पाउँदा हाम्रो समाचार अवधारणा पाठकवर्गको चाहनाको धेरै नै नजिक भएको महसुस गरेका छौँ ।
आगामी वर्षमा हाम्रा यात्रामा हामी पहिलो वर्षको विरासत अँगाल्दै अझ परिस्कृत तथा समाजसँग सम्बन्ध राख्ने समाचार तथा व्यक्तित्व विचार एवं प्रोत्साहनयुक्त समाजका प्रतिष्ठित व्यक्तिको असफलतापछिको सफलताको कथा प्रस्तुत गर्ने छौं । यसको लागि यहाँहरु सबैको शुभकामनासहितको सद्भाव र माया हाम्रो सफल आवाज डट कम परिवारलाई मिल्नेछ भन्ने अपेक्षा गरेका छौं । दोस्रो वर्षमा प्रवेश गरेकोमा यहाँहरु सम्पूर्णलाई हृदयसाथ धन्यवादसहित हाम्रो सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना ।
टिआर काफ्ले
सम्पादक






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



