कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ३५ हजार नाघ्यो

-



     सफल आवाज    
     श्रावण ८ गते २०७८ मा प्रकाशित



बेइजिङ, ८ साउन । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ३५ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ३५ हजार ८१० जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड २५ लाख ७५ हजार २५५ जना रहेका छन ।

विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ६४ हजार २२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई २३ मा प्रकाशित विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या तलकाे सूचीमा छ :-