मनाङ, १२ साउन । अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीपहिरोले मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका बासिन्दालाई जोगाउन स्थानीयवासी अग्रसर भएका छन् ।
नदी छेउछाउका घर बाढीले कटान गर्न थालेपछि बस्ती जोगाउने अभियान थालिएको स्थानीयवासी छिरिङ गुरुङले बताए । “पिसाङको ठाडो खोलाले बालीनाली विनाश ग¥यो, सडक सञ्जाल पनि क्षतविक्षत पा¥यो, त्यसैले स्थानीयवासीको अग्रसरतामा ‘पिसाङ बचाउ अभियान’ शुरु गरेका हौं,” उनले भने ।
अभियानअन्तर्गत खोलामा आएको बाढीले क्षति पु¥याउनसक्ने स्थानमा ग्याबिन जाली लगाएर कटान रोक्ने प्रयास गरिएको छ । पिसाङ जोगाउन हरेक घरले रु १० हजार सङकलन गरेका र स्थानीयवासीको हातेमालोका लागि सांसद पोल्देन छोपाङ गुरुङले रु एक लाख २५ हजार सहयोग उपलब्ध गराएका छन् ।
नदीको दुबैतर्फ बाढीले कटान गरेकामा करीब ६५० मिटर ग्याबिन जाली राखिसकिएको र थप कटान हुन नदिन अझै ग्याबिन जाली लगाउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनले भने, “स्थानीयवासीले आफ्नो गाउँलाई बचाउन अभियानमार्फत गरेको एकताले हरेक विपद्मा जुध्नसक्ने क्षमता बढ्ने रहेछ भन्ने देखिएको छ । ”






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



