गण्डकीमा गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा शेचरन सिफारिस

-



     सफल आवाज    
     श्रावण १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ साउन । सरकारले पृथ्वीबहादुर गुरुङलाई गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेको छ । यस्तै लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ ।

आज वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र लुम्बिनी प्रदेश प्रमुखको पदका लागि राष्टपति विद्या भण्डारी समक्ष सिफारिस गरेको हो ।

गुरुङको नियुक्तिसंगै गण्डकीमा सीता पौडेल र शेरचनको नियुक्तिसंगै लुम्बिनी प्रदेशमा धर्मनाथप्रसाद साह पदमुक्त हुँदैछन् ।

यसअघि शेरचन नेकपाको सरकार हुँदा गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा हुँदा उनलाई हटाएर सीता पौडेललाई नियुक्त गरिएको थियो ।

संवैधानिक व्यवस्था अनुसार शेरचनलाई पुनः गण्डकी प्रदेश प्रमुखमा नियुक्त गर्न संवैधानिक अड्चन भएको कारण लुम्बिनी पठाईएको छ । उनी माओवादी केन्द्रका नेता हुन ।

यस्तै गण्डकी प्रदेश प्रमुखमा नियक्त भएका गुरुङ पूरानो गाउँ कास्की ल्वांङ घलेलका भएपनि हाल चितवनमा बस्दै आएका छन् । उनी चितवन कांग्रेसका नेता हुन ।