
पोखरा, १६ साउन । पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघ कास्की शाखामा तालाबन्दी गरेको छ ।
पत्रकारको संगठन नै पत्रकारको अभिभावकत्व लिन नसकेको आरोप लगाउँदै प्रेस चौतारीले शनिबार दिउँसो महासंघमा तालाबन्दी गरेको हो ।
अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई ३ दिनसम्म फोन मार्फन तनाव दिने, फेसबुक म्यासेन्जर र एसएमएसमार्फत धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा प्रेस चौतारी कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको र यसमा पत्रकारहरुको संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ।
पत्रकारमाथि यस्ता धम्की आउँदा पनि पत्रकार महासंघले अभिवाकत्व ग्रहण नगरेको भन्दै तालाबन्दी गरिएको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए ।
सो कार्यमा संलग्न भनिएका श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारीले चेतावनी दिएको छ ।
यसैबीच, संचारसम्बद्ध विभिन्न संघसंस्थाले प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै दोषी उपर कारबाही माग गरेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



