१.२५ अंकले बढ्यो नेप्से, १२ अर्ब १० करोड बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ साउन । साताको पहिलो दिन आईतबार शेयर बजार आरोह अवरोहसंगै आखिर सकारात्मक लयमा अगाडी बढेको देखियो ।

छिनछिनमै परिसूचक घट्ने बढ्ने भईरहेको देखिए पनि कारोबार यसअघिको जस्तो उचाईमा नपुगे पनि मध्यम खालको भएको छ । शेयर बजार सकारात्मक लयमा जाँदा लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ विन्दुमा पुगेको छ । नेप्से ०.०४ प्रतिशतले बढेको छ । सेन्सेटिभ इण्डेक्स १.२४ अंकले बृद्धि भएर ५७२.१५ विन्दुमा पुगेको छ ।

कुल २२६ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ३४ लाख २ हजार ३५२ कित्ता शेयरको खरिदबिक्रीबाट १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटा उपसमूहमध्ये ६ वटा उपसमूहमा हरियाली छाएको छ । बाँकी ७ उपसमूहमा रातो लागेको छ । उनीहरूकाे शेयर बढेकाे छ ।

१३ उपसमूहमध्ये ६ उपसमूहमा हरियाली छाएको छ । बाँकी ७ उपमूहमा रातो लागेको छ । उनीहरु सबैको शेयर बढेको छ ।

व्यापार उपसमूह १.७३ प्रतिशतले बढेको छ । विकास बैंक ०.३९ प्रतिशतले, हाइड्रोपावर २.४९ प्रतिशतले बढेको छ । यस्तै उत्पादन उपसमूह ०.५२ प्रतिशतले, माइक्रोफाइनान्स १.१७ प्रतिशत तथा लगानी उपसमूह १.६१ प्रतिशतले बढेको छ ।

बैंकिङतर्फ ०.२७ प्रतिशतले घटेको छ । होटल तथा पर्यटनतर्फ २.३२ प्रतिशतले घटेको छ भने फाइनान्स १.१८ प्रतिशतले, नीर्जिवन बीमा १.१४ प्रतिशतले, अन्य उपसमूहतर्फ १.४३ प्रतिशतले, जीवन बीमातर्फ १.१५ प्रतिशतले तथा म्युचुअल फण्डतर्फ ०.१३ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ३६ करोड १४ लाख २ हजार ८२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।