
काठमाडौं, १७ साउन । साताको पहिलो दिन आईतबार युनियन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ करोड १५ लाख कित्ता साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शुरुआतको कारोबारको लागि प्रतिशेयर कममा ११५ रुपैयाँ १३ पैसा र बढीमा ३४५ रुपैयाँ ३९ पैसासम्मको रेञ्ज दिईएको छ । दोश्रो बजामा कारोबारको लागि कम्पनीले संकेत यूएलआई(ULI) पाएको छ ।
कम्पनीको २ करोड १५ लाख कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएपछि सोमबारबाट दोश्रो बजारमा कारोबार हुने भएको छ ।
कम्पनीले यसअघि असार २४ गते प्रतिकित्ता १०० रुपैयाँ दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।
कम्पनीले जारी गरेको शेयरमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि तथा बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि रहेको थियो ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



