
काठमाडौं, १८ साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७, ०७८ को चौथो त्रैमासमा आकर्षक नाफा कमाएको छ ।
संस्थाले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चौथो त्रैमासम्ममा संस्थाले २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा २८३.०९ प्रतिशतले बढी हो । गएको आर्थिक वर्षमा संस्थाले ५ करोड ९४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाले चौथो त्रैमाससम्ममा ४५ कोड ३१ लाख ७१ हजार खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा संस्थाको खुद ब्याज आम्दानी २६ करोड २६ लाख ९६ हजार रहेको थियो ।
संस्थाको संचालन नाफा २४१.१४ प्रतिशतले बढको छ । संस्थाको कर्जा ७७.४८ प्रतिशतले बढेको छ । ४ करोड २५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३०.४७ प्रतिशतले बढेर ४३ करोड १७ लाख १० हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा रकम ३९०.४३ प्रतिशतले बढेर ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । संस्थाको सापटी ३३.६४ तथा निक्षेप ६२.३४ प्रतिशतले बढेको छ ।
ग्लोबल आइएमई लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७७ पैसाबाट बढेर ५२ रुपैयाँ ७३ पैसा भएको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ २ पैसा पुगेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



