कास्कीमा साउन २७ सम्म थपियो निषेधाज्ञा

-



     सफल आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित



पोखरा, १९ साउन । कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा अवधि थप गरेको छ । जिल्लामा साउन २७ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाइएको हो ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डिसिएमसी) को सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा कायम राख्ने निर्णय गरेबमोजिम कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलेले निषेधाज्ञाको अवधि लम्बाउने आदेश जारी गरेका हुन् ।

प्रशासनद्वारा जारी आदेशमा थप गरिएको निषेधाज्ञा अवधिमा यसअघिका प्रावधानलाई कायमै राख्दै यदि सोको उल्लंघन भए कारबाहीको दायरामा ल्याइने बताइएको छ ।

कोरोनाको दोस्रो भेरियन्ट सुरु भएसँगै कास्कीमा गत वैशाख १५ देखि निषेधाज्ञा जारी छ ।