एनआईसी एशिया लघुवित्तले गर्यो नाफामा आकर्षक सुधार

-



     सफल आवाज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ साउन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले व्यावसायीक सुधार संगसंगै खुद नाफामा पनि प्रगति गरेको पाईएको छ । संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार वित्तीय सुधारमा आकर्षण देखाएको हो ।

संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्म ५६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो पटककोभन्दा २२१.४९ प्रतिशतल धेरै हो । संस्थाको खुद ब्याज आम्दानी तथा संचालन नाफामा भएको बृद्धिले खुद नाफामा सुधार आएको छ ।

संस्थाको खुद ब्याज आम्दानी १७५.९३ प्रतिशत बढेको छ । समिक्षा अवधिमा अन्य संचालन आम्दानी १८५.४६ प्रतिशतले बढेको पाईएको छ । संचालन नाफा २२९.२० प्रतिशत रहेको छ भने जोखिम व्यवस्थापनका लागि करिब २६ करोड छुट्याएको छ ।

लघुवित्तको चुक्ता पूँजी १७.५३ प्रतिशतले बढेको छ । जगेडा कोष २३३.५६ ले बढेको छ भने १८०.२४ प्रतिशत निक्षेप रहेको छ । कर्जा लगानी भने १४०.०५ प्रतिशत बढेको छ ।

संस्थाको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६० पैसाबाट बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको जनाईएको छ ।