प्रि-ओपन सेसनः ६.७९ अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     श्रावण २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ साउन । साताको पहिलो दिन आईतबार शेयर बजारमा प्रि-ओपन सेसन सकारात्मक देखिएको छ । यसदिन प्रि-ओपन सेसनमा नेप्से ६.७९ अंकले बढेको छ ।

गएको बिहिबार नेप्से बजार बन्द हुँदाको समयसम्म १६ अंकले घटेर ३१०७.४५ विन्दुमा रोकिएको थियो ।

आज ६.७९ अंकले बढेर नेप्से ३११४.२६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.८२ अंकले बढेर ५८०.१३ विन्दुमा पुगेको छ ।

कुल १६० कम्पनीको शेयर कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ५ हजार १४१ कित्ता शेयरको खरिद बिक्री भएको छ । ५ अर्ब १८ करोड ९ लाख १२ हजार ६९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।