एक महिनासम्म भएन मन्त्रिपरिषद् बिस्तार, शीर्ष नेता छलफलमा

-



     सफल आवाज    
     श्रावण २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ साउन । मन्त्रिपरिषद् विस्तारको विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटरमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री देउवाले शपथ गरेको एक महिना बित्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना भइरहेको छ । आइतबार साँझ सरकारका न्युनतम साझा कार्यक्रम घोषणा गरेपछि भोलिसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी रहेको कांग्रेस स्रोतले बतायो ।

शीर्ष नेताहरूको छलफलमा सरकारका न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलका ७ जना सदस्य पनि सहभागी छन् । प्रधानमन्त्री देउवाले असार २९ गते शपथ लिएका थिए ।