प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त

-



     सफल आवाज    
     श्रावण २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

घिसिङ आफनो ४ वर्षे कार्यकाल सकिएपछि गत वर्ष भदौमा प्राधिकरणबाट बिदा भएका थिए । उनको नियुक्तीको विषयका बारेमा उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयलाई मंगलबार नै जानकारी गराइएको थियो ।

नेपालमा भइरहेकाे १७, १८ घन्टासम्मको लोड सेडिङलाई हटाएर उज्यालो दिलाउन सफल भएका तथा घाटामा गईरहेको प्राधिकरणलाई नाफामा ल्याउन सक्षम भएका घिसिङलाई जनस्तरबाट पनि पुनः नियुक्तीको माग हुँदै आएको थियो ।

घिसिङको नियुक्तीका बारेमा प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा उर्जा मन्त्री पम्फा भुषालबीच सहमति भएपछि सरकारले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

घिसिङको प्राधिकरणमा भएको पुनरागमनसंगै वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा उर्जा आयोगमा सचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ । उनलाई पूर्णकालिन सदस्यको रुपमा पदस्थापन गरिने भएकाे छ ।