गोर्खा सैनिकको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य : संग्राैला

-



     सफल आवाज    
     श्रावण २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.डीला संग्रौलाले ब्रिटिश प्रधानमंत्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका गोर्खा सैनिकको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य भएको बताएकि छन ।

आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै संग्राैलाले भनिन, नेपाल तथा ब्रिटेनबीच २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध छ । त्यो सम्बन्धको जग भनेको गोर्खा सैनिकहरु हुन् । संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमंत्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन् । उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो ।

संग्रौलाले नेपाल सरकारलाई तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिश सरकारसंग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थानसमेत तोक्न पहल गर्न आग्रह गरिन । संसारभरि नेपालको शिर ठाडो पारेका गोर्खाहरुलाई मर्का पर्दा साथ दिनु हामी सबैको दायित्व भएको संग्राैलाको भनाई थियो ।