
काठमाडौं, २९ साउन। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरलाई प्रोत्साहन गर्न सेयर समूह रोज्ने सुविधा दिने भएको छ। शुक्रबार जारी मौद्रिक नीति अनुसार, मर्जर प्राप्तिपछि संस्थापक र सर्वसाधारण शेयरधनीलाई रोजेको एक समूहबाट मात्र संचालकमा उम्मेदवारी दिन पाइने व्यवस्था गरिने भएको छ।
राष्ट्र बैंकले मर्जर हुन चाहनेलाई २०८० सालसम्मकाे सुबिधा दिने भएको छ। त्यसैगरी बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिदिनेछ । एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट दिने भनेको छ।
संचालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा भने हटाएकाे छ।
एकीकृत कारोबारको क्रममा १ किलोमिटर भित्रका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न पाइने भएको छ।
शुक्रबार जारी मौद्रिक नीतिले प्रदेशमा संचालित विकास बैंकहरू एकआपसमा गाभिएमा काठमाडौंमा कार्यालय खोल्न पाइने भनेको छ। याे सुबिधाले माेफसलका बैकहरूले राहत महसुस गरेका छन ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



