ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब धेरै, कस्ता छन् अन्य सूचक ?

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३२ साउन । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ४ अर्ब बढी खुद नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सो नाफा कमाउन सफल भएको पाईएको छ ।

पुरानो आर्थिक वर्षको असारको अन्त्यसम्म बैंकले ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो पटकको सोहि अवधिको भन्दा ४१.८७ प्रतिशत बढी हो । बैंकको खुद ब्याज तथा संचालन नाफामा बृद्धि भएपछि खुद नाफामा बृद्धि भएको हो । बैंकको वितरण योग्य नाफा २ अर्ब ७६ करोड १९ लाख रुपैंयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशत बढेको देखिन्छ । कमिशन आम्दानी २४.२८ प्रतिशत रहेको छ भने समिक्षा अवधिमा संचालन नाफा ३८.०५ प्रतिशत बढेको छ ।

खुद नाफामा बृद्धि भएपछि प्रतिशेयर आम्दानी पनि बढेको छ । ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा भएको छ । नेटवर्थ १५१ रुपैयाँ ११ पैसा छ भने मूल्य आम्दानीको अनुपात २३.१२ गुणा छ ।