नेप्से अपडेट : ३.४७ अंकले घट्यो, करिब ४ अर्बको कारोबार

-



     सफल आवाज    
     भाद्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ भदौ । आज भदौ महिनाको पहिलो दिन तथा साताको तेश्रो मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले बढयो । तर पौने १२ वजेसम्म आउँदा भने नेप्सेमा दोहोरो अंकको गिरावट आयो ।

नेप्से परिसूचक ३.४७ अंकले घटेर ३१५६.६१ विन्दुमा झर्यो । नेप्से ०.११ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स पनि ०.८२ अंकले घटेर ५९२.११ विन्दुमा झरेको छ ।

यो समाचार तयार पर्दासम्म कुल २०७ कम्पनीको शेयर कारोबार भएको छ । ६१ लाख ६३ हजार ९०२ कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ९९ करोड १७ लाख ५२ हजार ३४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शेयर बजारमा कारोबार जारि रहँदा र बजार बन्द नहुँदासम्म घट्ने वा बढ्ने संभावना जिवितै हुने भएकोले त्यो बेलासम्म भने पर्खनै पर्ने हुन्छ ।