लायन्स मोडेल भिलेजलाई गण्डकी प्रदेश सरकारले सघाउने

-



     सफल आवाज    
     भाद्र १ गते २०७८ मा प्रकाशित



पोखरा, १ भदौ । लायन्स डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेज निर्माणमा गण्डकी प्रदेश सरकारले सघाउने भएको छ ।

डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलसँग भेट गरी लायन्सले यो वर्ष विभिन्न १४ जिल्लाका १४ गाउँमा मोडेल भिलेज बनाउने अभियान सुरु गरेकाले सो कार्यमा सहकार्य गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्री पोख्रेलले लायन्सका विभिन्न सामाजिक गतिविधि नियालिरहेको बताउँदै लायन्सको मोडेल भिलेज बनाउने अभियानमा आबश्यक छलफल गरी गण्डकी प्रदेश सरकारले सघाउने बताए । सो अवसरमा कानून, सञ्‍चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले लायन्सका सेवा कार्यले समाजमा सकारात्मक प्रभाव पारेको बताउँदै प्रदेश सरकारले आवश्यक स्थानमा सहकार्य गर्दै अघि बढ्ने बताए ।

मुख्यमन्त्री भेटघाटमा डिष्ट्रिक्ट ३२५ वि १ नेपालका डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्य सहित पूर्व गभर्नर लायन ध्रुव थापा, क्याबिनेट सेक्रेटरी लायन दुर्गाप्रसाद हुमागाई, डिष्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटर लायन चण्डीप्रसाद अर्याल, डिपुटी डिर्पाटमेन्ट चिफ तथा मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाको उपस्थिति थियो ।