
काठमाडौं, १ भदौ । सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरसम्म खरिद गर्न पाउने छन् । गत जुलाइको अन्त्यसम्ममा संसारभरिका चार हजार ५०० भन्दा बढी लगानीकर्ताले सगुनको शेयर खरिद गरेका छन् । सगुनले अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिङ्गसँग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे रणनीति सहकार्यसम्बन्धी सम्झौता गरेको सहव्यवस्थापक कविन सिटौलाले जानकारी दिए ।
सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालय रहेको जनाइएको छ । सगुन एप गुगल प्लेस्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने त्यसको प्ल्याट फर्ममा प्रयोगकर्ताले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्न स्क्छन् भने आफ्ना साथीसँग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट क्वाइन’ परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्ने व्यवस्था गरिएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



