ग्लोबल आइएमई बैंक र एफएनसीसीआई प्रदेश नं १ बीच सम्झौता

-



     सफल आवाज    
     भाद्र ३ गते २०७८ मा प्रकाशित



काठमाडौं ३ भदाै । ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच सहकार्य गर्ने सम्झौता भएकाे छ । प्रदेश नं १ का महासंघका सदस्यलाई सहज बैंकिङ सेवा पुर्‍याउने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हाे । बैंककाे तर्फबाट प्रदेश नं १ का प्रमुख सुवास सापकोटा र महासंघ प्रदेश अध्यक्ष ढिकाराज ढकालले हस्ताक्षर गरेका छन।

सम्झौता अनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नव उद्यमी र कृषि व्यवसायमा संलग्न उद्योगीलाई प्राथमिकतामा राखेर बैंकिङ सुविधा दिने जनाएको छ। सम्झौतामा अपांगता भएको व्यक्तिले व्यवसायी कर्जा लिन चाहेमा विशेष सुविधासहित कर्जा उपलब्ध गराउने उल्लेख छ।