अविरल वर्षासंगै महेन्द्रपूलमा सडक भासियो

-



     सफल आवाज    
     भाद्र ७ गते २०७८ मा प्रकाशित



पोखरा, ७ भदौ । अविरल वर्षाको कारण गएराति पोखराको केन्द्रमा रहेकाे महेन्द्रपूलमा सडक भासिएको छ ।

महेन्द्रपूल चोकदेखि करिब २५ मिटर उत्तर तर्फको सडक खण्डमा खाल्डा, भ्वाङ परेको छ । सडक किनारातर्फ भासिएको छ भने फुटपाथ पनि भासिएपछि स्थानिय र घरधनीहरु त्रसित भएका छन् ।

राति पौने ९ वजेतिरको समयमा सो सडक खण्ड भासिएको हो । सडक भासिएपछि स्थानिय तथा सुरक्षाकर्मिको पहलमा भासिएकाे ठाउँमा सडकको पानी बग्न दिईएको छैन ।

भासिएको खाल्डा परेको ठाउँमा तत्काल गिट्टि, ढुंगा राख्ने काम जारि राखिएको छ ।