
काठमाडौं, ७ भदौ । जापान सरकारले अनुदानमा दिएको अष्ट्राजेनेका खोपको दोश्रो लटको खोप आज नेपाल आएको छ । यो खोप पहिले कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ६५ वर्ष माथिका नागरिकका लागि दोश्रो डोजको रुपमा दिईएको थियो ।
दोश्रो पटक आएको ५ लाख ५९ हजार ३६० डोज खोपलाई कोभिसिल्ड लगाएर बसेकाहरुको लागि दोश्रो डोज लगाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले यो खोपलाई प्रदेश नं १ र २ मा लगाउने तयारी गरेको छ ।
जापान सरकारले कोभ्याक्स कार्यक्रमअन्तर्गत अनुदानमा दिएको खोपको दोश्रो पटककाे खेप नेपाल आएको नेपालस्थित जापानी राजदुताबासले जानकारी दिएको हाे । खोप नेपाल सरकारका स्वास्थ्य अधिकारीहरुदलाई हस्तान्तरण गरिएको दुताबासले जनाएको छ ।

कोभिसिल्ड एक पटक पठाएको भारतले आफ्नै देशमा कोरोना भाइरसको संक्रमण अत्यधिक बढेको भन्दै नेपालमा खोप नपठाएपछि जापानले नेपाल सरकारलाई कोभिसिल्डको सट्टामा लगाउन मिल्ने १६ लाख डोज खोप अनुदान दिएको हो ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




