कास्कीमा भदौ १८ गतेसम्म थपियो निषेधाज्ञा, के गर्न पाईने के नपाईने ?

-



     सफल आवाज    
     भाद्र १० गते २०७८ मा प्रकाशित




पोखरा, १० भदौ । कास्किमा निषेधाज्ञा भाद्र १८ गतेसम्म थपिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आदेश जारि गर्दै भदौ १०, आज राति १२ बजेदेखि भदौ १८ गते राति १२ वजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएका छन् ।

कास्कीमा पछिल्ला दिनहरुमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दरमा बृद्धि भईरहेकोले त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएको जनाईएको छ ।

निषेधाज्ञामा कास्कीमा संचालन हुने सार्वजनिक तथा नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीमा संचालन गर्नुपर्ने यसअघिको व्यवस्थालाई कायमै राखिएको छ । यसअनुसार जोर बार जोर नंबरको र बिजोर बार बिजोर नंवरको सवारी साधन चलाउन पाईने छ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार संचालन गर्न, भेला हुन, भीडभाड गर्न, सभा, जुलुस तथा जात्रा महोत्सव गर्न निषेध गरिएको छ ।