होटलमा खाजा खाँदै गर्दा पहिरोले पुरिएर मृत्यु

-



     सफल आवाज    
     भाद्र १३ गते २०७८ मा प्रकाशित



पोखरा, १३ भदौ । होटलमा खाजा खाँदै गर्दा पहिरोमा पुरिँदा एक महिलाको मृत्यु भएको छ । पहिरोमा ३ जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङजाको वालिङ १ रामदीको पुल नजिकै आइतबार दिउँसो माथिबाट पहिरो खसेको हो । पहिरोमा पुरिएर होटलमा खाजा खान बसेकी वालिङ–१४ की ४० वर्षीया धनमाया मगरको मृत्यु भएको प्रहरीले जनायो ।

यस्तै, घाइते हुनेमा गुल्मी छत्रकोट ५ घर भइ हाल रामदीमा बस्नेत होटल संचालन गर्दै आएकी ३७ वर्षीया लक्ष्मी बस्नेत, सोही होटलमा रहेका रुपन्देही सैनामैना १ का १६ वर्षीय शिशिर योगी र स्याङ्जाको भिरकोट ५ का ३६ वर्षीय नारायणप्रसाद तिवारी छन् ।

पहिरोले स्थानीय दीपेन्द्र श्रेष्ठ र सीता परियारको घर पनि क्षति भएको छ ।