चौधौं महाधिवेशन ‘उत्सव’ का रुपमा आएको छ : डा.कोईराला

-



     सफल आवाज    
     भाद्र १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोईरालाले चौधौं महाधिवेशन ‘उत्सव’ का रुपमा आएको बताएका छन् । उनले भने, कांग्रेस पार्टीसँग आबद्ध हामी विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधिहरु चयन गर्न गइरहेका छौं । यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँछ । यसरी हामी आन्तरिक लोकतान्त्रिक अभ्यासकानिम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं ।

डा.कोइरालाद्वारा आज प्रकाशित अपिलमा भनिएको छ, कांग्रेसको चौधौं महाधिवेशन उत्सवको रुपमा मात्र हाम्रो सामु आएको छैन ।महाधिवेशनले हामी लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ । महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ । चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा गम्भीरतापूर्वक मनन् गर्न कोईरालाले आग्रह गरेका छन् ।

विभिन्न कारणले गर्दा कांग्रेसको महाधिवेशन समयमा सम्पन्न हुन सकेन । अन्यथा, हामी यतिखेर आमनिर्वाचनको तयारीमा जुटिरहेका हुन्थ्यौं । उनले भने, कांग्रेसको महाधिवेशन किन समयमा हुन सकेन, म कसैलाई दोष दिनचाहन्न । कांग्रेसको महाधिवेशन विधान र संविधानभन्दा बाहिर गएर हुने परिस्थिति भविष्यमा आउनन दिने जिम्मेवारी अब हामी सवैको र कांग्रेसजनको हो । कांग्रेसको इतिहास जतिगौरवशाली छ, वर्तमान आफ्नै इतिहास सुहाउँदो छैन ।

पार्टीलाई पुनःगौरवशाली बनाउने दृढ संकल्पकासाथ हामी सवै महाधिवेशनमा सरिक हुनुपरेकाे छ । आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुन्छ । यसले पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुन्छ, पार्टीलाई चलायमान बनाउँछ, उनले भनेका छन् ।

पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दामाथि राख्न सक्दा नेपाली कांग्रेसको महाधिवेशन उदाहरणीय हुनसक्छ कोइरालाले बताए । स्वस्थ र शालिन प्रतिस्पर्धाले कांग्रेसको छवि राष्ट्रिय र अन्तराष्ट्रियरुपमा समेत उचाइमा पुग्ने उनले विश्वास गरेका छन् ।

हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायीचरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं, डा.कोईरालाले भने, आमनिर्वाचनमा हामी कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका हौँ । कांगे्रसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । पार्टीभित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन । उत्सवको रुपमा आएको चौधौं महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्नेछ ।

डा.कोईरालाकाे अपिल