पोखराकी सिरुको फोटो उत्कृष्ट

-



     सफल आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित



पोखरा, २१ भदौ । प्रकृति तथा वातावरणसम्बन्धी अनलाइन फोटोग्राफी प्रतियोगितामा पोखराकी सिर्जना भूर्तेल (सिरु) को फोटो उत्कृष्ट घोषित भएको छ ।

फोटोग्राफर संघ गण्डकीले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको सो प्रतियोगितामा देशभरबाट १ सय ४५ फोटो प्रतिस्पर्धामा थिए । तीमध्ये सिर्जनाको फोटो उत्कृष्ट घोषित भएको संस्थाका सचिव तुलसीराम सुवेदीले जानकारी दिए । गत भदौ ३ मा विश्व विश्व फोटोग्राफी दिवसका दिन प्रतियोगिताका लागि अनलाइन फोटो माग गरिएको थियो ।

यसैगरी, उत्कृष्ट १० भित्र पर्ने फोटोग्राफरमा बिक्रम न्यौपाने, जीवन ढुंगाना, विष्णुहरि अधिकारी, विकल सुवेदी, दिवस बराल, अर्जुन कुँवर, अनुप गुरुङ, राहुल सुवेदी, सुरेश रेग्मी, यामु कुमाल छन् ।

फोटो पत्रकार कृष्णमणि बराल र घनश्याम पौडेलको निर्णायक समितिले उत्कृष्ट फोटो सिफारिस गरेको थियो ।

संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले उत्कृष्ट फोटोलाई ५ हजार र उत्कृष्ट १० लाई प्रमाणपत्र वितरण गरिने जनाए ।