राष्ट्रपति सीद्वारा विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न आग्रह

-



     सफल आवाज    
     असाेज १ गते २०७८ मा प्रकाशित



चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गरेका छन्। उनले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिए।

राष्ट्रपति सीले भिडियो लिंक मार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१ औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।