
तम्घास, ५ असोज । नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीद्वारा सञ्चालित अक्सिजन अभियानमा रु एक करोड चारलाख १९ हजार ९८५ सङ्कलन भएको छ । सङ्कलित केही नगद र अक्सिजन खरिद गरी जिल्ला अस्पताललाई प्रदान गरिएको अभियानका लेखा संयोजक रेशम कुँवरले जानकारी दिए । सो अभियान गत वैशाख ६ देखि जेठ १० गतेसम्म सञ्चालन गरिएको थियो ।
यसमा मुख्य २४ अभियान्ता सक्रिय रहेका थिए भने ७०२ जनाले सहयोग गरेको अक्सिजन अभियानका संयोजक जनार्दन घिमिरेले जानकारी दिए । अभियानपछि ‘अक्सिजन प्लान्ट अभियान’ मा रुपान्तरण गरिएको थियो । अभियानको आय–व्यय पहिले नै सार्वजनिक गर्न प्रयास गरे पनि विभिन्न माध्यमबाट प्राप्त रकम महासङ्घको खातामा आए, नआएको प्रमाणीकरण गर्न समय लागेकाले ढिलाइ भएको महासङ्घले जनाएको छ ।
अक्सिजन प्लान्ट अभियानमा सहयोग गर्ने सबै सहयोगदाताको नामावलीसहितको विवरण कार्यालयमा टाँस गर्ने पनि निर्णय गरिएको महासङ्घका जिल्ला अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए । सिलिन्डर मौज्दाद राखिएको जनाइएको छ । अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सङ्घीय सरकारले रु एक करोड विनियोजन गरेको छ । निर्माणाधीन प्लान्ट दसैँ अगाडि सञ्चालनको तयारी गरिएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



