हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

-



     सफल आवाज    
     असाेज १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ असोज । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आज पदभार ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ लिए लगत्तै उनले पदभार ग्रहण गरेका हुन् ।


नवनियुक्त अध्यक्ष श्रेष्ठलाई बैंकका कार्यकारी अधिकृत अशोक राणा, बैंकका अधिकृत तथा कर्मचारीले स्वागत गरेका थिए । श्रेष्ठलाई असोज १३ गतेको संचलक समितिको बैठकले अध्यक्ष बनाउने निर्णय गरेको थियो ।