
पोखरा, २४ असोज । प्रधानमन्त्री शेर बहादुर देउवाले आफुहरुको विश्वास प्रजातन्त्रमा रहेकोले प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै भएको बताएका छन् । संसारमा अर्को कुनै विकल्प छ र प्रजातन्त्रको ? प्रधानमन्त्री देउवाले भने, प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हाे यो सबैले सुन्नुपर्छ र सुनेर बुझ्नु पर्छ ।
गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहलाई पोखरा सभागृहमा प्रमुख अतिथिकाे रुपमा संवोधन गर्दै देउवाले कसले केके गरिरहेका छन् त्यसलाई जनताले हेरिरहेकोले उनीहरुलाई जनताले आफ्नो मताधिकारबाटै नतिजा देखाईदिने बताए ।
हामीले संघियतालाई कार्यान्वयन गर्नका लागि कामहरु बाँकी रहेका छन् तिनलाई पूरा गर्नुपर्छ । देउवाले संवोधनको क्रममा कोरोना भाइरसको संक्रमणलाई नियन्त्र गर्नका लागि सरकार लागिपरेको र यो नियन्त्रणको क्रममा रहेको पनि बताए ।
नेपालमा कोरोना विरुद्धको अभियानका बारेमा सबैलाई थाहा छ सरकारले के गिररहेकाे छ भनेर। प्रधानमन्त्री देउवाले भने, नेपालको कोरोना नियन्त्रणको लागि भएको प्रतिकार्यका लागि विश्व स्वास्थ्य संगठनले समेत् आभार व्यक्त गरेको कुराको स्मरण गराए ।

तथ्याङ्कअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्याङ्क छ । मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वतका ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सबै जिल्ला साक्षर घोषणा भइसकेका छन् । मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको थियाे । विसं २०७१ असार ३१ मा मुस्ताङ घोषणा भएको हो । सबैभन्दा अन्तिममा पर्वत विसं २०७४ माघ १८ मा घोषणा भएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले शुभकामना व्यक्त गरेका थिए ।
प्रदेश सरकारका प्रमुख सचिव डा.दामोदर रेग्मीले गण्डकी प्रदेशको साक्षरता अभियानको बारेमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । सोहि समारोहमा पूर्व सचिव किशोर थापा, बाबराम पौडेल, यूनेस्कोका वलराम तिमिल्सिना लगायतलाई सम्मान गरिएको थियो ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



