
पोखरा, २८ असोज । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री रामजीप्रसाद बरालले प्रदेशका बहुवर्षीय आयोजनाका कार्यक्रम स्रोत अभावले हाललाई स्थगित मात्र गरिएको जानकारी दिएका छन् ।
भरतपोखरी विकास मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “अघिल्लो सरकारले ल्याएको बहुवर्षीय आयोजनाका बजेट काटिएको छैन्, बजेट अभावले हाल स्थगित मात्र गरिएको छ ।” मन्त्री बरालले सामाजिक न्यायसहितको विकास आजको आवश्यकता भएको पनि बताए ।
नेकपा एमालेका नेता रश्मी आचार्यले देश विकासमा साझा धारणाको आवश्यता आँैल्याउँदै विकासमा विभाजित मानसिकताले देशलाई क्षति हुने धारणा राखे । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष धनराज आचार्यले विकास सबैको साझा भएको बताउँदै यसमा सबैको साझा प्रतिबद्धता हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विश्वविद्यालयका विभिन्न परीक्षाहरुमा उत्कृष्टता हासिल गर्ने भरत पोखरीका विद्यार्थीलाई सम्मान गरिएको थियो ।
लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी १ का गर्भनर विशेश्वर आचार्य, पत्रकार रामजीप्रसाद लम्साल, नेपाली कांग्रेसका बिजयराज आचार्यलगायतले कोरोना महामारी अझै रहेकाले स्वास्थ्य सतर्कतासहित चाडपर्व मनाउन आग्रह गरे । मञ्चका अध्यक्ष डिल्लीराम बरालले पर्वहरुले सामाजिक सद्भाव र सहिष्णुता बढाउने भएकाले सबैले पर्वको महत्वलाई उजागार गर्नुपर्नेमा जोड दिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



