साफ च्याम्पियनसिप उपाधि चुम्न चुक्यो नेपाल, भारतसँग ३–० ले पराजित

-



     सफल आवाज    
     असाेज ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० असोज । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिफको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको छ ।

पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । खेलको ८९औं मिनेटमा भारतले पुनः गोल गरेर अग्रतालाई ३–० बनायो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।