
काठमाडौं, ३१ असोज । तरलताको ात्रस बढीरहेका बेला सानिमा बैंकले ब्याजदर घटाएको छ । दशैं बिदा लगत्तै आइतबार बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै घटेको जानकारी दिएको छ । बैंकका अनुसार मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ५१ प्रतिशत तोकिएको छ । यस अघि बैंकले मुद्दति निक्षेपमा ९।५१ प्रतिशत तोकेको थियो ।
मुद्दति निक्षेपमा ब्याजदर घटेसँगै ऋणको समेत ब्याजदर घट्ने भएकाले ऋण लिनेलाई राम्रै हुनेछ । सानिमा बैंकको अहिले ६।५३ प्रतिशतमात्रै बेस रेट रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम तोकेर बैंकहरुले ऋणको ब्याजदर लिने गरेका छन् ।
व्यक्तिगततर्फ ३ महिनादे्खि ६ महिनासम्म अवधिको लागि ६ प्रतिशत र ६ महिना भन्दा बढी अवधिको लागि ८।०१ प्रतिशत ब्याजदर तोकेको बैंकले जनाएको छ । यसका लागि ग्रामिण भेगका शाखाहरुमा न्युनतम निक्षेप १० हजार, काठमाडौं उपत्यकाका बाहिरका सहरहरुमा ५० हजार र काठमाडौं उपत्यकाभित्र १ लाख रुपैयाँ हुनुपर्ने बैंकको शर्त छ ।
यसैगरी संस्थागततर्फ ३ महिना भन्दा अवधिको मुद्दति निक्षेपका लागि ८ दशमलव ५१ प्रतिशत ब्याजदर तोकिएको छ । बचत निक्षेपतर्फ भने अधिकांशको ४ प्रतिशत ब्याजदर तोकिएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



