हिंसा भड्किन सक्ने भन्दै ललितपुरमा भोलि विहानदेखि कर्फ्यू

-



     सफल आवाज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ भदौ । ललितपुरमा भोलि शुक्रबार विहान ४ बजेदेखि कर्फ्यू लागु हुने भएको छ । स्थानीय युवाहरुले रथ यात्रा गर्न खोज्दा बिहीबार भएको झडपपछि थप हिंसा भड्किन सक्ने भन्दै शुक्रबारका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू लगाउने निर्णय गरेको हो ।

बिहीबार भएको झडपमा सुरक्षाकर्मीसमेत आधा दर्जन घाइते भएका छन् । प्रहरीले भीड नियनत्रण गर्न केहि सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो । एक ट्राफिक प्रहरी जवानलाई आक्रोशित भीडले आक्रामण समेत गरेको थियो । ट्राफिक प्रहरीलाई आक्रोमण गरेको अभियोगमा प्रहरीले बिहीबार साझ ९ जनालाई पक्राउ समेत गरेको छ ।

भोलि विहान ४ बजेदेखि शुरु हुने कर्फ्यू राति १० बजेसम्म लागु हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । कोरोना नियन्त्रणमा लगाएको निषेधाज्ञा जस्तो यो खुकुलो हुने छैन ।