सरकारले बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । सरकारले बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले अविरल वर्षाले देशका विभिन्न भागमा गएको बाढी पहिरो र डुबान पीडितहरुलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो। बैठकमा घरवार बगाएर बिचल्लीमा परेकालाई प्रति परिवार ५० हजार दिने निर्णय भएको बताइएकाे छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका  कार्यकारी प्रमुख डा. अनिल पोखरेलका अनुसार बुधबार मध्यान्नसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर निधन भएको छ । बैठकले उद्धार र राहत कार्यलाई पनि तिब्रता दिने निर्णय गरेको छ।