गण्डकीमा ४० संक्रमित थप, पाेखराकै १६ जना

-



     सफल आवाज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित



पाेखरा, १९ भदाै । गण्डकी प्रदेशमा थप ४० जना काेेराेना संक्रमित भेटिएका छन्।

संक्रमितमध्ये पाेखराकै १६ जना छन्। पाेखरा १५ मा कार्यरत ७ जना प्रहरीमा पनि संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गरी जनाएको छ।

यस्तै नवलपुरका १७ जना छन्। यसरी गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको स्वास्थ्य निर्देशक विनाेदबिन्दु शर्माले जनाए ।

गण्डकीमा संक्रमितमध्ये १८ जनाकाे मृत्यु भएकाे छ।