
पोखरा, ५ कात्तिक । शुक्रबार दिउँसोको साढे २ वजेको थियो । गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको सभाहलमा पत्रकारहरु जम्मा भईसकेका थिए । केही समयमा गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे बिश्वकर्मा हसिलो मुहारमा हलभित्र छिरे र पत्रकारसामु आफुनो कुरा व्यक्त गर्न थाले ।
“म एउटा पार्टीको सामान्य कार्यकर्ता हुँ । उनले भने, पार्टीले मलाई मन्त्रिपरिषद बिस्तारको बेलामा गएको साउन ८ गते संविधानतः समावेशी र समानुपातिक भएनकि भन्ने लागेर नै अहिले जिम्मेवारी दिएको जस्तो लागेको छ ।”
मैले अहिले बिनाविभागीय मन्त्रीको जिम्मेवारी पाएको छु । मलाई पार्टीले, मुख्यमन्त्रीज्यूले जिम्मेवारी दिनुभएको छ । यसले कुनै प्रकारको नैरास्यता र असन्तुष्टि छैन । पछिका दिनमा पनि मलाई जे जिम्मेवारी आउँछ इमान्दारीका साथ पूरा गर्छु ।
दशैं तिहारको अवसरमा गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा शुक्रबार पत्रकार भेटघाट आयोजना गर्दै उनले भने- आउँदा दिनमा कुनै पनि मन्त्रालयको जिम्मेवारी लिन तयार छु । मेरो तर्फबाट यहि मन्त्रालय चाहिन्छ भनेर माग गरेको छैन ।
मलाई मन्त्री बनाउनका लागि गण्डकी प्रदेशको सरकार ढल्दैछ र त्यो बेलामा नयाँ सरकारमा डोबाटे विश्वकर्मालाई मन्त्री बनाउनु पर्छ भन्ने कुरा वरिष्ठ नेता रामचन्द्र पौडेलले चलाउनु भएको हो । उनले भने, गण्डकी प्रदेशदेखि पार्टी सभापति शेरबहादुर देउवासम्म कुरा पुगेको र आफुलाई मन्त्री बनाउनकालागि पौडेलको ठूलो योगदान छ । यस विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग पनि कुरा भएको हो ।
मन्त्रालय मेरो रोजाईको विषयमा पर्दैन । त्यो कुरा पार्टीले गरेपछि थाहा हुन्छ । पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, शुरुमा मन्त्रीपरिषद बिस्तारको बेलामा म बिचलित भएको थिईन र बिनाविभागीय मन्त्री बनाउँदा पनि मैले कुनै प्रकारको अव्जेक्सन गरेको छैन । मलाई अहिले आएर सविधानमा व्यवस्था भए अनुसार समानुपातिक, समावेश र नीतिगत अधिकारको संवोधन गरिएको हो भन्ने लागेको छ ।
मन्त्री विश्वकर्माले भने, मलाई विधायन समितिको सभापतिको अफर आएको थियो । त्यो छोडेर मन्त्री हुन्छु वा मन्त्री पाइहाल्छु भन्ने लागेको थिएन । कुनै सोंच पनि थिएन । मन्त्री बन्नका लागि मैले बार्गेनिङ पनि गरेको होईन । अहिले परिस्थिति सृजना भएकोले म बिनाविभागिय मन्त्री बनेको छु । मिडियाले मेरो विषयमा राष्ट्रव्यापी चिन्ता जाहेर गरेको मलाई अनुभूति भयो । मैले गरेको त्यागको कारण नै यहाँहरुले सोधिखोजि धेरै गर्नुभयो, त्यो मेरो सम्पति हो । यसैको लागि मिडियाका साथीहरुसंग भेटघाट आयोजना गरिएको हो । उपस्थित हुनु भएकोमा यहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



