देउवा सरकार प्रतिगमनको बाटाेमा हिंडेको छ : अध्यक्ष ओली

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकार गठन भएको तीन महिनामै प्रतिगमनको बाटोमा हिंडिसकेको बताएका छन् । ओलीले गठित गठबन्धनको सरकारले मुलुकलाई राजनतिक अस्थिरतातर्फ धकेलेर सरकार बनेको तीन महिनामै प्रतिगमनको बाटोमा गएको आराेज लगाएका छन् ।

नेकपा एमालेको आज देशभर आयोजनना भएको वडा अधिवेशनको अनलाइनमार्फत उद्घाटन गर्दै गठबन्धन् सरकार प्रतिक्रियावादी, कम्यूनिष्ट आन्दोलनको विरोधी र पार्टी फुटाउन उद्यत रहेको बताए ।

संवोधनको क्रममा ओलीले वर्तमान सरकारको गठबन्धनलाई अग्रगमनको विरोधी, अनुशासन हिन र स्वेच्छाचारितको नमूना भएको जिकिर गरे । सो अवसरमा ओलीले सरकारले जनताको सार्वभौम सत्ता विरोधी काम गरेका आरोप लगाउँदै संविधानको कार्यान्वनमा व्यवधान खडा गरेको बताए ।

ओलीले देशभरको सांगठनिक संरचनालाई अँझ बलियो बनाउन हर तह तप्कालाई इमान्दारीकासाथ काम गर्न निर्देशन दिदैं आउँदो चुनावमा सानदार जित मात्र नभई बहुमत ल्याउने उदेश्यसहित अघि बढ्न आग्रह गरे ।