
पोखरा, १९ भदौ । पोखरामा साल्ट टे«डिङले वितरण गरेको युरिया मलमा गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमन सुरु गरेको छ ।
किसानले धान गोड्ने बेला हाल्नुपर्ने युरिया मल तीन दिनअघि साल्ट टे«डिङले ४ जिल्लाका किसानहरुलाई मल उपलब्ध गराएको थियो । विभिन्न सहकारीलाई मल उपलब्ध गराउने र सहकारीले किसानहरुलाई वितरण गर्ने भनिएको मल जहाँतहीँ छ्यापछ्याप्ती भाँडा पसलदेखि, खाद्यान्न, किराना, भेटरीनरी, जहाँ पनि युरिया मल पाइने भन्ने गुनासोको आधारमा अनुगमन गरेको हो ।
प्रशासनले पोखराका ५ वटा कृषि सहकारीको अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालयले बिहीबार गरेको अनुगमनमा पोखरा ३२ खोलाको छेउ भन्ने ठाँउमा भाडा पसल राज सुवेदी स्टोर्समा अनुमतिबिना मल बिक्री गरेको भेटिएको जिल्ला प्रशासन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । उनका अनुसार उक्त पसललाई रासायनिक मल बिक्री वितरण गर्ने अनुमति छैन । अन्य ठाउँमा कृषि सहकारीले राखेका बिक्री केन्द्र किराना पसलसँगै मल राखिएको भेटिएको छ । ‘कृषि सहकारीले व्यवस्थित रुपमा साइनबोर्ड नराखेको, बिल नराखेको, खाद्यान्न पसलसँगै रासायनिक मल राखेर बिक्री गरेको, मूल्य सूची नराखेको जस्ता मापदण्डहरु पालना नगरेको भेटिएको छ । सुधार गर्ने भनेका छौ,’ उनले भने ।
पोखरामा मल बेच्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख सुरेशराज भण्डारीले अनुदानको मल व्यवसायीलाई बेच्नै नमिल्ने भएकोले गुनासोको आधारमा अनुगमन गरिएको जानकारी दिए ।

‘खाद्यान्न बेच्ने पसलले मल बेच्न अनुमति नै नपाउने व्यवस्था रहेको छ । बिक्री केन्द्रहरुले गरेका गल्ति सुधार गर्ने लगाएको र सुधार गर्न नसक्ने वा अटेरि गर्नेलाई मल दिँदैनौं, उनले भने ।
पोखरामा साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत् भदौ १४ देखि १६ सम्म १ सय ७९ टन मल कास्की, स्याङजा लमजुङ र तनहँुका सहकारीलाई वितरण गरेको भण्डारीले जानकारी दिए ।
अनुगमनमा सहायक प्रमुख गुरुदत्त ढकाल, साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख सुरेशराज भण्डारी, प्रशासकीय अधिकृत लिलाबल्लब न्यौपाने, प्रहरी, पत्रकार सहित थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



