सांग्रिला बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रम गर्ने

-



     सफल आवाज    
     कार्तिक ८ गते २०७८ मा प्रकाशित




काठमाडौं, ८ कार्तिक । बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैककाे यही कात्तिक १३ गते १७औं वार्षिकोत्सव भएकोले साेअवसरमा देशभर साताव्यापी कार्यक्रम गर्ने भएको छ । देशभर रहेका बैंकका शाखाहरुले कात्तिक ७ देखि कात्तिक १३ गते सम्म बिभिन्न कार्यक्रमहरु संचालन गर्ने भएका हुन । जसअनुसार कात्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्ने, ८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच शिविर गर्ने, ९ गते बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम गर्ने रहेको छ ।


त्यस्तै १० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम आयोजना गर्ने, ११ गते नयाँ शाखा कार्यालय उद्घाटन गर्ने, १२ गते विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु गर्ने र १३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण कार्यक्रम गर्न लागेको बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सफल आवाजलाई बताए ।

यी सबै कार्यक्रम सांग्रिला डेभलपमेन्ट बैकको सम्पूर्ण शाखा कार्यालयहरुले कात्तिक ७ गतेदेखि कात्तिक १३ गते सम्म गर्नेछन । याे कार्यक्रमले देशव्यापी रुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको बैकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले बताएका छन ।