
काठमाडौं, ९ कात्तिक । यातायात व्यवस्था विभागले आजदेखि नयाँ सवारीचालक अनुमति पत्र (लाईसेन्स)को लागि अनलाईनमार्फत आवेदन खुल्ला गरेको छ । यो सुविधा गएका ६ महिनादेखि रोकिएको थियो ।
सेवा लिनेहरुको संख्यामा बृद्धि र उनीहरुको मागलाई ध्यानमा राखेर विभागले आजदेखि अनलाईन आवेदनको सुविधा खुल्ला गरेको विभागका प्रवक्ता लोकनाथ भुषालले बताए ।
नयाँ लाइसेन्स लिन चाहनेहरुले यातायात व्यवस्था विभागको अनलाईनबाट आवेदनका लागि प्रक्रिया पुर्याएर आवेदन दिनुपर्नेछ । आवेदन दिनका लागि सोमबारबाट आंशिक रुपमा थालिएका र आज मंगलबारबाट पूर्ण रुपमा आवेदन खुल्ला गरिएको हो ।
आवेदनका लागि तलको लिंकमा क्लीक गर्नुहोला ।
https://onlineedlreg.dotm.gov.np/Nepal_DLReg/dlNewRegHome






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



