बढ्यो मिर्मिरे लघुवित्तको नाफासंगै प्रतिशेयर आम्दानी

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । मर्मिरे लघुवित्त वित्तीय संस्थाको खुद नाफासंगै प्रतिशेयर आम्दानीमा सुधार भएको देखिएको छ । चालु आर्थिक वर्षको सार्वजनिक भएको पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा उक्त सुधार देखिएको हो ।

यस आर्थिक वर्षको असोज मसान्तसम्म संस्थाले ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिकोभन्दा १९३.३३ प्रतिशत बढी हो । गएको वर्ष सोहि अवधिमा संस्थाले २ करोड १७ लाख खुद नाफा कमाएको थियो ।

मिर्मिरे लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफामा बृद्धि भएपछि खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी ११५.७१ प्रतिशतले बढेको छ । संचालन मुनाफा १९३.३३ प्रतिशतले बढेको छ ।

संस्थाको चुक्ता पूँजी ८.१३ प्रतिशत रहेको छ । जगेडा कोषमा १७०.७६ प्रतिशत रहेको छ । यस्तै सापटी ९२.७३ प्रतिशत तथा निक्षेप ३७.०८ प्रतिशत बढेको छ । कर्जातर्फ भने ७४.५० प्रतिशत बढेको छ ।

संस्थाको नाफासंगै प्रतिशेयर आम्दानी बढेको छ । प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६१ पैसामा ३७ रुपैयाँ १ पैसा बढेर ५८ रुपैयाँ ६२ पैसा पुगेको छ ।