
पोखरा, ११ कात्तिक । नेकपा (एमाले) पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । लामो समयको रस्साकस्सीपछि न्यौपाने बिहीबार अध्यक्षमा सर्वसम्मत भएका हुन् । नेतृत्वका लागि बुधबार ५ जनाको उम्मेदवारी परेको थियो ।
बिहीबार मतदानको समय तोकिएकोमा नेताहरुबीच छलफलपछि न्यौपानेलाई सर्वसम्मत अध्यक्ष दिइएको हो । लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेर काम गरेका उनी यसअघि एमाले नगर कमिटी सचिव थिए । अध्यक्षका लागि उनीसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीबीच प्रतिस्पर्धा थियो ।
यस्तै, सचिवमा जीवन आचार्य सर्वसम्मत भएका छन् । गोकर्ण अधिकारीले उम्मेदवारी फिर्ता लिँदै आचार्यलाई सघाएका हुन् । महानगर कमिटी उपाध्यक्षमा मोहन गुरुङ र राजकुमारी भुजेलमध्ये एक जनालाई उपाध्यक्ष बनाउने प्रयास भइरहेको छ । उपसचिवमा सीता विश्वकर्र्मा र रामचन्द्र थापाको नाममा सहमति भए पनि आधिकारिक घोषणा हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



