
काठमाडौं, १३ कात्तिक ।नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले पार्टीको अबको सम्पूर्ण ध्यान दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित गर्ने निर्णयसहित महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिलाई २१ सदस्यबाट बढाएर २३ सदस्यीय बनाइएको छ ।
पार्टीका नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको सो समितिमा स्थायी कमिटीका सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ थपिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। मूल व्यवस्थापन समिति मातहत प्रतिनिधि व्यवस्थापन, खाद्यान्न, यातायात, मञ्च व्यवस्थापन, प्रचार प्रसारलगायत अन्य उपसमिति पनि गठन गरिएको छ ।
बैठकको समापनमा अध्यक्ष केपी शर्मा ओलीले गत असोजमा सम्पन्न विधान महाधिवेशनले नीति र विधिमा मतैक्यता देखिएको र पालिकास्तरका अधिवेशनमा भएको समझदारीले पार्टीलाई नयाँ गतिमा लगेको सन्देश मिलेकाले दशौं महाधिवेशनमा पनि सोही प्रकारको सन्देश दिन आग्रह गरेका थिए । एमालेको अर्काे केन्द्रीय कमिटीको बैठक महाधिवेशनको अघिल्लो दिन मङ्सिर ९ गते चितवनको सौराहमा बस्नेछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



