
काठमाडौं, १४ कात्तिक । कृषि विकास बैंकको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकको खुद नाफामा सामान्य बृद्धि भएको छ । तर प्रतिशेयर आम्दानी भने घटेको छ ।
यस आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद नाफा ४८ करोड ५३ लाख ७८ हजार भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिकोभन्दा ५.१८ प्रतिशतले बढी हो । उक्त अवधिमा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २७.३० प्रतिशत रहेको छ । संचालन नाफा २.१२ प्रतिशत बढेको छ । कमिसन नाफा भने समिक्षा अवधिमा १६.१२ प्रतिशत बढेको छ । यसरी हेर्दा असोजको अन्तिम सम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ४५ लाख रहेको छ ।
बैंकको नाफामा बृद्धि भएपनि प्रतिशेयर आम्दानीमा गिरावट देखिएको छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९० पैसाबाट १ रुपैयाँ २० पैसा घटेर १४ रुपैयाँ ७० पैसा भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



