
पोेखरा, १५ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले प्रेस स्वतन्त्रता विरोधी कार्यहरु गर्छकि भन्ने आशंका नगर्न आग्रह गरेका छन् ।
आफुहरुको नेतृत्व प्रेस स्वतन्त्रताकै जगमा उभिएको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले ल्याएको संचार विधेयकका बारेमा पत्रकार महासंघले जनाएको असन्तुष्टिलाई संवोधन गरिने र कहिल्यै पनि प्रेसविरुद्धका गतिविधिमा सरकार जानै नसक्ने भएकोले ढुक्क भएर कलम चलाउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ कास्कीले वडा दशैं, तिहार, नेपाल संवत ११४२ र छठ पर्वको अवशरमा आज बिहान पाेखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले लोकतन्त्रको सुन्दर पक्ष प्रेस स्वतन्त्रता नै भएकोले संचारजगत पक्ष र विपक्षमा नभई सरकारले गरेका नराम्रा कामहरुको विरुद्धमा खरो भएर उत्रिनु पर्ने बताए ।
संचार लोकतन्त्रको अपरिहार्य अंग हो, उनले भने संचार विधेयक विधायन समितिमा गएको भएपनि सरकारले पूर्ण स्वतन्त्रता विरोधी काम गर्दैन र ल्याउँदैन । तपाँईहरुबीचमा बसेर सरकारले संचारजगतले स्वीकार गर्ने विधेयक ल्याउँछ ।
हामी संविधान कार्यान्वयनको दिशामा गईरहेका छौं । हिजोको सरकारले ट्रयाक बदलेको कारण नयाँ सरकारको लागि नेतृत्व मात्रै परिवर्तन भएको छ । हामी चिन्तित छौं, स्वास्थ्य, शिक्षा र विकास लगायतका आधारमूत कार्य गर्नका लागि हरक्षेत्रमा के गर्न सकिन्छ भनेर लागि रहेका छौं, उनले भने, यो सबैको एकताले संभव छ । पत्रकारहरुले तारिफ गर्ने होईन, जो नेताले तारिफ र चाकरि चाहन्छ त्यो लोकतान्त्रिक हुनै सक्दैन, उनले भने रचनात्मक कामको सह्राना गर्दै नराम्रो कामको विपक्षमा उभिन अनुरोध गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण बहादुर थापा, प्रदेश अर्थमन्त्री रामजी वराल जीवन लगायतले शुभकामना व्यक्त गरेका थिए । महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव माधव वरालले गरेका थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



