न्याय पाउनेले पाएको महशुस् गराउन सक्षम हुनुपर्छ : मुख्य न्यायाधिश पोखरेल

-



     आरजू विष्ट सल्यानी    
     कार्तिक १६ गते २०७८ मा प्रकाशित



पोखरा, १६ कात्तिक । उच्च अदालत पोखराका मुख्य न्यायाधिश रमेशप्रसाद पोखरेलले अदालत न्याय सम्पादन तथा न्याय दिलाउने पक्षमा सधैं अडिग रहेको बताएका छन् । पोखरेलले न्यायाधिश औसतमा मानिसभन्दा माथिनै हुने र न्याय दिलाउने ठाउँमा रहेकोले न्याय पाउनेले पाएको महशुस् गराउन सक्षम हुनुनै न्यायालयको कर्म भएको बताए ।

मंगलबार कास्की जिल्ला अदालत बार एसोसिएसनको नवनिर्वाचित समितिका पदाधिकारीहरुको पदस्थापन कर्याक्रमका प्रमुख अतिथि रहेका मुख्य न्यायाधिश पोखरेलले न्याय क्षेत्रलाई पारदर्शि बनाउन सबै न्यायकर्मिहरुसंगको समन्वय र सरसल्लाह आवश्यक भएकोमा जोड दिए ।

नवनिर्वाचित अध्यक्ष नारायण शर्माले कास्की जिल्ला बारमा आफ्नो नेतृत्वमा सर्वसम्मत पदाधिकारी निर्वाचित भएकोमा झन् जिम्मेवारी थपिएकोले न्यायको क्षेत्रमा देखिने गरी काम गर्ने बताए । उनले भने, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा मानव अधिकारका लागि अडिग भएर काम गर्ने प्रतिवद्धता व्यक्त पनि व्यक्त गरे । शर्माले न्याय पाउनु पर्ने मान्छेलाई न्याय दिलाउन बार र बेन्चबीचको सम्बन्ध सुधार भईरहनु पर्नेमा जोड दिए ।

कार्यक्रममा कास्की बारका निवर्तमान अध्यक्ष मुक्तिनाथ सापकोटा, नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापामगर, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कृष्ण बहादुर गुरुङ, ध्रुवमोहन भट्टराई, मुकुन्जराज अर्याल, जिल्ला अदालत कास्कीका न्यायाधिश दण्डपाणी शर्मा, दीपक पौडेल, उच्च सरकारी वकिल कार्यालयका प्रमुख सुदीप ढकाल, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रुद्रप्रसाद सुवेदी, पत्रकार श्याम कुँवर, अधिवक्ता गोविन्द पौडेल, शुकदेव गौतम, भगवती पहारी, डीलमाया भुजेल तथा निर्वाचन समितिका संयोजक पदमपाणी देवकोटाले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक देवकोटाले समितिमा रहेका पदाधिकारीको नाम पढेर सुनाएका थिए । जसअनुसार कास्की जिल्ला अदालत बार एसोसिएसनको सर्वसम्मतिले चयन भएको समितिको २०७८, २०८० को अध्यक्षमा नारायण प्रसाद शर्मा, उपाध्यक्षमा लिला बल्लौ न्यौपाने, सचिवमा युवराज पराजुली, सहसचिवमा सीता भट्टराई, कोषाध्यक्षमा भुपराज पोखरेल रहेका छन् ।

सदस्यहरुमा दीपा कोइराला, कुञ्जनी परियार, विमलप्रसाद लामिछाने, सुष्मा ओझा, रुद्रलाल कुँवर, कल्याणी अधिकारी र विनाका शर्मा रहेका छन् । यसअघि कार्यक्रममा सहभागिलाई निर्वाचन समितिका सदस्य शुभबहादुर सुनारले स्वागत गरेका थिए ।