
कठमाडौं, १७ कात्तिक । कालिका लघुवित्त वित्तीय संस्था यस आर्थिक वर्षमा धनात्मक देखिएको छ । संस्थाले सार्वजनिक गरेको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोहि अवधिमा ऋणात्मक रहेको संस्था यस आर्थिक वर्षमा धनात्मक देखिएको हो ।
यस आर्थिक वर्षको असोज महिनाको अन्त्यसम्म लघुवित्तले ४ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गएको वर्ष सोहि अवधिमा संस्थाको खुद नाफा ४१ लाख ८८ हजार ऋणात्मक रहेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी बढेको छ । विपद व्यवस्थापनमा रकम थोरै छुट्याएको तथा खराब कर्जा उठाउन सक्षम भएकोले संस्थाको नाफामा बृद्धि भएको देखिन्छ । संस्थाको ५ करोड २ लाख रुपैयाँ खराब कर्जा उठेको छ ।
कालिका लघुवित्तको खुद ब्याज आम्दानी २०.१९ प्रतिशत बढेको पाईएको छ । संचालन मुनाफा ३०.९२ रहेको छ । चुक्ता पूँजी १० प्रतिशत बढेको छ । जगेडा कोषमा ३०.७८ प्रतिशत, सापटीमा २५.६० प्रतिशत, निक्षेपमा १८.०९ प्रतिशत र कर्जामा ३९.८६ प्रतिशत बढेको छ ।
नाफामा भएको बृद्धिसंगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष असोज मसान्तसम्म ६ रुपैयाँ ६४ पैसा ऋणात्मक रहेकोमा यस आर्थिक वर्षको सोहि अवधिमा ६९ रुपैयाँ २० पैसा पुगेको छ । यस्तै संस्थाको मूल्य आम्दानी अनुपात १७.५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ भने १६९ रुपैयाँ ६८ पैसा रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



