गण्डकी प्रदेशसभा सचिवालय सचिवमा पोखरेल

-



     सफल आवाज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित



पोखरा, १९ भदौ । गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेल नियुक्त भएका छन् ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले अधिवक्ता समेत रहेका पोखरेललाई प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा संविधानको धारा १९५ को उपधारा ९१० बमोजिम शुक्रबार प्रदेश प्रमुखले नियुक्त गरेका हुन् । उनलाई शुक्रबार नै नियुक्ति पत्र समेत थमाइएको छ ।

पोखरा–२१, निर्मलपोखरीका पोखरेल हाल पोखरा–१७, जागृतिटोल बस्दै आएका छन् ।

प्रदेशसभामा लामो समयदेखि सचिव पद खालि हुँदा निमित्तबाट कार्यसञ्चालन हुँदैआएको थियो ।

गत असारमा प्रदेशसभा बैठकले प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेपछि सभामुखलाई सचिव नियुक्तिको लागि बाटो खुलेको थियो ।

पोखरेलले पोखरा छोरेपाटनस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा प्राध्यापनसमेत गर्दछन् ।